
बिर्तामोड । झापाको बिर्तामोडमा दुर्घटनाग्रस्त अवस्थामा एउटा कार भेटिएको छ । प्रदेश १-०२-००२ च ६५०४ नम्बरको कार पूर्वपश्चिम राजमार्ग अन्तर्गत भगवान् चोक अगाडी कल्भर्टमुनि खसेको अवस्थामा भेटिएको हो ।
स्थानीयका अनुसार होटेल किंग्सबरीबाट निस्किएको कार राती १ बजे दुर्घटनामा परेको हुन सक्ने जनाइएको छ । चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । दुर्घटनामा कोही पनि घाइते नभएको र सवारी धनीसमेत सम्पर्कमा नभएको कारण खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।