
झापा । झापाको मेचीनगर नगरपालिकाबाट आज बिहान प्रहरीले जुत्ता–चप्पल नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी सतिघट्टाबाट प्रहरी सहायक निरीक्षक छत्रलाल श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मेचीनगर–७ मलामिटारस्थितमा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको करिब ६५ हजार रुपैयाँ बराबरको जुत्ता–चप्पल नियन्त्रणमा लिएको हो । उक्त सामान प्रहरी चौकी सतिघट्टामा ल्याएर राखिएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।