बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको ‘पालिका सन्देश’ साप्ताहिक पत्रिका दोस्रो वर्षमा प्रवेश गरेको छ ।
पी.एस.टी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित पत्रिका जिल्लाको उत्तरी भेगस्थित बुद्धशान्ति गाउँपालिकालाई मुख्य कार्यक्षेत्र बनाई जनतालाई सुसूचित गर्दै आएको छ ।
स्थानीयस्तरदेखि प्रदेशको विकास निर्माण, शिक्षा, संस्कृित र पर्यटनसँगै स्थानीय समुदायको सरोकार र जीवनशैलीलाई विश्वस्तरसम्म पुर्याउन साप्ताहिक पत्रिकासँगै पालिका सन्देश डटकम अनलाइन संस्करण समेत सञ्चालनमा रहेको पत्रिकाका सम्पादक तीर्थराज तिम्सिनाले बताए ।
उनले झापा जिल्लाका विभिन्न स्थानीय तह र इलामका केही स्थानमा वितरण हुँदै आएको पत्रिकालाई प्रविधिको विकाससँगै अनलाइनलाई समेत विशेष प्राथमिकता दिइएको बताए ।
धेरै स्थापित मिडिया र नयाँ खुल्ने मिडियाको भीडमै जन्मिएको उक्त अखबार चुनौतिपूर्ण समयसँग जुध्दै एक वर्षे यात्रा सफलतापूर्वक तय गरेको सम्पादक तिम्सिनाले बताए ।
पत्रिकालाई प्रतिकूल परिस्थितिको सामना गर्दै यो यात्रासम्म ल्याइपुर्याउन आम पाठकवर्ग, विज्ञापनदाता र शुभेच्छुकहरुको योगदान अतुलनीय रहेको उनले बताए ।