२०८१ फागुन ७, बुधवार , ०४:४१:०० बजे

Sajhamanch
'

बिर्तामोडमा वृद्ध मृत फेला परेकी घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोली मगाइयो

बुधवार, वैशाख २६, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा एक वृद्धा महिला मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले कुकुर परिचालन गर्ने भएको छ ।

घटना शङ्कास्पद देखिएकोले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए ।

बिर्तामोड नगरपालिका–४ निवासी ६८ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान घरभित्रै मृत फेला परेकी थिइन् । एसपी केसी आफै घटनास्थल पुगेका छन् ।

यता स्थानीयका अनुसार गएराती गाउँमा चोर आएको थियो ।गाउँलेले चोर आएको थाहा पाएपछि लखेटेका थिए । त्यही चोरले एक्लै बस्दै आएकी वृद्धालाई रडले हिर्काएर मारेको हुन् सक्ने आशङ्का गरेका छन् ।

बुधवार, वैशाख २६, २०८१ | जिल्ला समाचार, समाज