२०८१ फागुन ७, बुधवार , ०४:४०:५८ बजे

Sajhamanch
'

अर्जुनधारामा चट्याङ लागेर एक जनाको मृत्यु

बुधवार, वैशाख २६, २०८१

झापा । झापाको अर्जुनधारामा पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- २ चौरासे निवासी अन्दाजी ५४ वर्षीय मोहनप्रसाद दुलाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

घर नजिकै मकैबारीमा मल लगाउँदै गरेको अवस्थामा चट्याङ पर्दा दुलालको छाती तथा पेटको भागमा लागेको थियो । घाइते भएको उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको डीएसपी चन्दले बताए ।

बुधवार, वैशाख २६, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर