बिर्तामोड । माता तीर्थ औंशीको सन्दर्भ पारेर वीरता लेडी जेसीजले एकजना दृष्टिविहीन महिलालाई नगद र फलफूल वितरण गरेको छ ।
बिर्तामोड–२ बालुवाटारकी दामोसरी राजवंशीलाई नगद ११ हजार रुपैयाँसहित फलफूल वितरण गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् ।
लेडी जेसीजकी उपाध्यक्ष चन्द्रकला रिजालको संयोजकत्वमा भएको संक्षिप्त कार्यक्रममा उनलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सो कार्यक्रममा उक्त जेसीजकी निवर्तमान अध्यक्ष संगीता गिरी, महासचिव मुना ढुंगेल लगायत पदाधिकारी एवं सदस्य सहभागी थिए । आफन्तसमेत नभएकी दृष्टिविहीन राजवंशी केही समयअघि लडेर घाइते भएकी थिइन् ।
शुभेच्छुक र इष्टमित्रको सहयोगबाट उनी गुजारा चलाउँदै आएकी छन् ।