२०८१ जेठ ५, शनिवार , ०८:३५:४६ बजे

Sajhamanch
'

इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । गएराति इङ्ल्यान्डको एल्डरशटमा रहेको ईबीबी स्टेडियममा भएको खेलमा नेपालले २–० को हार व्यहोरेको हो । इङ्ल्यान्ड लागि खेलको आठौँ मिनेटमा निक काबाम्बाले पहिलो गोल गरेका थिए ।

त्यस्तै १३ औँ मिनेटमा क्यालाम स्टेडले गोल गरे । यसअघि गएको शुक्रवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिश आर्मी टोलीसँग गोलरहित बराबरी खेलेको थियो । दुई वटा मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोली इङ्ग्ल्यान्ड भ्रमणमा गएको हो ।

सम्बन्धित खबर