२०८१ जेठ ५, शनिवार , ०९:३२:४२ बजे

Sajhamanch
'

जागरुक साकोसको आठौँ वार्षिक साधारणसभा सम्पन्न

सोमवार, वैशाख २४, २०८१

कमल । कमल गाउँपालिका–३, केर्खास्थित जागरुक कृषि सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ ।

सोही वडाको सिंहदेवी सामुदायिक भवनमा आयोजित सभाको उद्घाटन उक्त वडाका कार्यवाहक अध्यक्ष केशरा बर्देवा नेपालीले गरेकी थिईन् ।

साधारणसभाको सन्दर्भ पारेर संस्थाले उत्कृष्ट कर्मचारी र उत्कृष्ट कारोबार गर्ने डेढ दर्जनबढी सदस्यलाई सम्मान एवं पुरस्कृत गरेको छ ।

सम्मानित हुनेमा उत्कृष्ट कर्मचारीतर्फ रोशनी सुवेदी, उत्कृष्ट कारोबारतर्फ कल्पनादेवी राई, सन्दीप राई, विष्णु श्रेष्ठ, भीमादेवी तिम्सिना र पुष्पाकुमारी कट्टेल छन् ।

त्यस्तै, उत्कृष्ट बचत कर्तातर्फ देवराज पौडेल, भुवन चौलागाईं, भूपेन्द्र खनाल, रुद्रबहादुर थापा र शन्तकुमार तामाङ छन् ।

संस्थाले बाल बचत कर्तातर्फ अष्टिन भण्डारी, अभिगोल भण्डारी, कुमुद पोखरेल, प्रसिद्ध बुढाथोकी, अश्निल बुढाथोकी र आवधिक बचततर्फ गणेश श्रेष्ठलाई सम्मान गरेको छ ।

सो अवसरमा ज्येष्ठ नागरिकतर्फ कामक्षा देवी निरौला, प्रेम ढकाल र विरेन्द्रकुमार अधिकारीलाई खादा र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष कमल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सहीद धर्मभक्त माविका प्रधानाध्यापक मधुसुधन अधिकारी, सिंहदेवी मन्दिरका अध्यक्ष धनराज गिरी, सिंहदेवी कीर्तन मण्डलीका अध्यक्ष डम्बर थापा लगायतको आतिथ्यता थियो ।

संस्थाका सदस्य विवश बलिभद्र कोइरालाले सञ्चालन गरेको सो कार्यक्रममा सहभागीलाई संस्थाका उपाध्यक्ष छत्रपति खनाल (गोपाल) ले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर