२०८१ जेठ ५, शनिवार , १२:४४:५१ बजे

Sajhamanch
'

लामो खडेरीले झापामा खेतमै बाली सुक्न थाले

सोमवार, वैशाख २४, २०८१

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ । कृषि बाली विज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्‍याउने बताउनुभयो । झापामा महिनौँदेखि वर्षा भएको छैन ।

सरकारी तथ्याङ्कअनुसार झापामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा रहेको भए पनि धेरैजसो सिँचाइ आयोजना मर्मतको अभाव र स्रोत सुक्दै गएका कारण किसानले खेतीमा पर्याप्त पानी पठाउन सकेका छैनन् । कृषि विज्ञ खरेल लामो खडेरीको मुख्य कारण जलवायु परिवर्तनको असर भएको बताउनुहुन्छ । खडेरी प्रभावित मकै खेतीमा घोगा नलाग्ने समस्या आउने उहाँको भनाइ छ ।

वर्षाका लागि भगवानसँग प्रार्थना गर्दै झापाका किसानले भ्यागुताको बिहे र सन्सारी पूजा गर्दै आएका छन् । अर्जुनधारा नगरपालिका–२ टाङटिङ खोलामा स्थानीय किसानले बाजागाजाका साथ एक जोडी भ्यागुताको विवाह गराएका हुन् । वर्षाका लागि जिल्लाका विभिन्न खोला किनारमा भगवान इन्द्रको पूजा र भाकल पूजासमेत हुने गरेको छ ।

सोमवार, वैशाख २४, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर