
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा सडक कालोपत्रे शुरु भएको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अगुवाईमा उपभोक्ता समितिसहित स्थानीयको सहभागीतामा सडक कालोपत्रे भइरहेको हो ।
अर्जुनधारा ६ र ११ अन्तरगत सात सय मिटर लम्बाई र साढे ५ मिटर चोडाई बाटो कालोपत्रे भइरहेको छ । नगरपालिकाको गौरवको आयोजना अन्तरगत उक्त बाटो कालोपत्रे भएको नगर प्रमुख बलदेवले जानकारी दिए । उनका अनुसार ४० लाख रुपैयाँको लगानीमा उक्त सडक कालोपत्रे भएको छ । यस वर्ष नगरको गौरवको योजना अन्तरगत तीन वटा बाटा कालोपत्रे हुने नगर प्रमुख बलदेवले बताए ।
अर्जुनधारा–३ को फागुनन्दचोकबाट कैदाली जाने र वडा नम्बर १० मा सिर्जना चोकबाट सेतीपानी जाने बाटो कालोपत्रे हुने नगर प्रमुख बलदेवले बताएका छन् । नगर प्रमुखले इच्छाएको तथा आवश्यकता ठानेको ठाउँमा सडक कालोपत्रे गरिने योजना अनुरुप यस बर्ष तीन स्थानमा सडक कालोपत्रे गरिने उनले बताए ।
नगर प्रमुख बलदेवका अनुसार नगरभित्र यस चालु आर्थिक बर्षमा संघ, पूर्वाधार, प्रदेश, शहरी बिकास, सडक बिभाग अन्तरगत धेरै सडकहरु कालोपत्रे भइसकेको र केही हुने क्रममा रहेका छन् । आगामी बर्ष नगरले ११ वटै वडामा ५०० मिटर सडक कालोपत्रे गर्ने योजना नगरको गौरव योजना अन्तरगत रहेको नगर प्रमुख बलदेवले जानकारी बताए ।