शिवसताक्षी । झापाको झिलझिलेमा रहेको झिलझिले भेट्रान क्लबले नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ ।
क्लबले गएको चैत १५ देखि २२ गतेसम्म झापाको झिलझिलेमा सञ्चालित प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो ।
प्रतियोगितामा ९ लाख २५ हजार आम्दानी भएको आयोजक झिलभिलले भेट्रान क्लबले जनाएको छ । जसमा शिवसताक्षी नगरपालिकाबाट १ लाख ४९ हजार ९८६, टुवर्क वियर प्रा.लि.बाट सहयोग १६ हजार ५ सय, वैदेशि रोजगार तथा स्वदेश र स्थानीय संघ संस्थाबाट ७ लाख ५८ हजार ५३२ रहेको प्रतियोगिताका आर्थिक संयोजक सन्तोष थेगिमले जानकारी दिए । त्यस्तै प्रतियोगितामा ७ लाख ६१ हजार १८० खर्च भएको संयोजक थेगिमले जानकारी दिए ।
प्रतियोगिताबाट बचत भएको १ लाख ६३ हजार ८२० रकमबाट स्व. नविन राईको सम्झनामा झिलझिले भेट्रान क्लबले पर्यटकीय स्थल सताक्षीधाममा धारा निर्माणका लागि २५ हजार प्रदान गर्ने खेल आयोजक समितिका संयोजक जसु राईले जानकारी दिए । नविन राई स्मृति भेट्रान प्रतियोगितामा चलाइएको शंखर कार्की बचाउ अभियानमा संकलित रकममा झिलझिले भेट्रान क्लबले ३ हजार ६३५ रकम थप गरी त्यस्तै शिवसताक्षी ११ का मृगौला पीडित भाई शंकर कार्कीलाई २५ हजार प्रदान गरिने क्लबले जनाएको छ। जसबाट बाँकी रहेको रकम झिलझिले भेट्रान क्लबको कोष रहने समेत बताइएको छ ।