झापा । झापामा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बेलुका ५ बजे बिर्तामोड नगरपालिका(६ स्थितमा प्रहरी चौकी बुट्टावारिबाट खटिएको प्रहरी टोलीले इलाम सन्दकपुर गाउँपालिका ३ का २९ वर्षीय रमेश मगर र मेचीनगर नगरपालिका ७ का २२ वर्षीय अजय राजवंशीलाई पक्राउ गरेको हो ।
शङ्कास्पद अवस्थामा हिँडिरहेको उनीहरूलाई चेकजाँच गर्दा ब्राउन सुगर ६३० मिलिग्राम र नगद १ हजार १ सय ८० रुपैयाँ फेला परेको थियो । दुवै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।