२०८१ फागुन ८, बिहिवार , ०२:४४:४१ बजे

Sajhamanch
'

दमकमा आगलागी, २० लाखको क्षति

शुक्रवार, वैशाख २१, २०८१

झापा । झापाको दमकमा आज बिहान आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

दमक–६ नयाँ सब्जी लाइन बस्ने प्रेम पुर्वेको चार तल्ले घरको भुइँ तल्लामा रहेको मरमसला तथा अन्त खाद्यान्न गोदाममा विद्युत् सर्ट भई आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट १० जनाको टोली खटिएको थियो । आगलागीबाट मरमसला तथा खाद्यान्न जली नष्ट हुँदा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीबासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खबर