
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रतिनिधिसहित खेलाडीको टोली आज दिउँसो २ बजे कतार हुँदै इङ्ग्ल्यान्ड जाने महासचिव किरण राईले बताउनुभयो ।
यसअघि नेपाली टोली हिजो जाने भनिए पनि भिसा, पासपोर्ट ढिलो आएकाले इङ्ग्ल्यान्ड भ्रमणमा ढिलाइ भएको हो । भिसा समस्या भएपछि दुई समय गरेर खेलाडी पठाउने तालिका थियो । तर सबै खेलाडीको पासपोर्ट ढिलो प्राप्त भएका कारण जान समय लागेको हो ।
इङ्ग्ल्यान्ड जाने टोलीमा २३ जना खेलाडीसहित ३० जना सदस्य छन् । नेपाली टोलीले यही वैशाख २४ गते एल्डरसट टाउन फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्दैछन् ।