२०८१ माघ २७, आइतवार , ०३:३९:५९ बजे

Sajhamanch
'

औषधि खुवाउने अभियान क्रममा बिर्तामोडमा हात्तीपाइलेका तीनजना बिरामी भेटिए

बुधवार, वैशाख १९, २०८१

झापा । झापामा हात्तीपाइले रोगविरुद्ध आम औषधि खुवाउने अभियान चलिरहेको बेला बिर्तामोडमा तीन जना नयाँ रोगी भेटिएका छन् । बिर्तामोड नगरपालिका-५ मा मंगलबार तीन जना हात्तीपाइलेका रोगी भेटिएका हुन् ।

दुईजना पुरुष र एक जना महिलामा हात्तीपाइलेको लक्षण देखिएको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले जानकारी दिए । यसअघि गत वर्ष बिर्तामोड- १ मा एक जनामा हात्तीपाइलेको लक्षण देखिएको थियो ।

झापासहित सात जिल्लामा बैशाख १६ देखि ३० गतेसम्म आम औषधि खुवाउने कार्यक्रम चलिरहेको छ । त्यस क्रममा नयाँ रोगी फेला परेका हुन् । झापामा गत वर्ष करिब १४१ जना हात्तीपाइलेका रोगी रहेका थिए । यस वर्ष निकै बिरामी थपिने अनुमान गरिएको छ ।

सम्बन्धित खबर