२०८१ जेठ ८, मङ्गलवार , ०४:११:१३ बजे

Sajhamanch
'

झापाको मेचीनगरमा घर भाडा लिएर अवैध अनलाइन व्यवसाय सञ्चालन, १० जना भारतीय पक्राउ

सोमवार, वैशाख १७, २०८१

झापा । झापाको मेचीनगरमा घर भाडामा लिएर अवैध अनलाइन व्यवसाय सञ्चालन गर्ने एउटा गिरोह पक्राउ परेका छन् । मेचीनगर नगरपालिका -९ स्थित शैलेन्द्र पोद्दारको घरमा राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले आइतबार छापा मारेर सो गिरोहलाई पक्राउ गरेको हो । सो घरमा अवैध अनलाइन व्यवसाय सञ्चालन भइरहेको विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले छापा मारेर १० जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाइएको छ ।

सो घटनाका मुख्य नाइकेसहित अन्य केही व्यक्ति अझै फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको स्रोतले जनाएको छ । घरमा छापा मारेर संयुक्त टोलीले ४० वटा मोबाइल , एउटा प्रिन्टर, ७ वटा ल्यापटप, एउटा सिसी क्यामेरा बरामद गरेको छ । उनीहरूलाई पक्राउ गरी अनुसन्धान लागि लगिएको जनाइएको छ । घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ ।

मेचीनगर- ८ धुलाबारीस्थित मेची क्राउन होटेलमा कार्यरत कर्मचारी भन्दै उनीहरूले घर भाडामा लिएर त्यहाँ बस्दै आएको स्थानीयको भनाई छ । उक्त होटेलमा कार्यरत छु भन्दै मेचीनगरका धेरै ठाउँमा भारतीय युवायुवती यसरी नै घर भाडा लिएर अवैध ठगी धन्दा चलाउँदै आएको स्थानीय बताउँछन् ।

सम्बन्धित खबर