![](https://sajhamanch.com/wp-content/uploads/2024/04/hatti-paila.jpg)
भद्रपुर । झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानबारे शुरु हुँदैछ ।
‘एक पटक खाऔ, यो वर्ष अन्तिम बनाऔ’ भन्ने नाराका साथ झापामा आजदेखि गतेदेखि ३० गतेसम्म १३ औं चरणको हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन हुँदैछ। जिल्लाका १५ वटा पालिकाका नौ लाख ६२ हजार आठ सय ६१ जनालाई औषधि सेवन गराउने लक्ष्य लिइएको छ। अभियान सफल बनाउन ८० प्रतिशत बढी मानिसलाई औषधि सेवन गराउनु पर्नेछ ।
जिल्लामा औषधि सेवनका लागि छ सय छ जना स्वास्थ्य स्वयम्सेविका र ७४० जना स्वास्थ्यकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । हात्तीपाइले रोग रगतमा बस्ने बिचेरिया ब्रानकोफ्री नामक परजीवीबाट लाग्ने गर्छ भने लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।