२०८१ फागुन १०, शनिवार , ०४:०७:५९ बजे

Sajhamanch
'

नेपालले आज वेस्ट इन्डिज ‘ए’ सँग दोस्रो टि–२० क्रिकेट खेल्दै

आइतवार, वैशाख १६, २०८१

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टि–२० क्रिकेट आज हुँदैछ । यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । पाँच खेलको टि–२० श्रृंखलामा नेपालले पहिलो खेल जित्दै १–० को अग्रता बनाएको छ ।

हिजो भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भयो । वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रनको लक्ष्य नेपालले १९ ओभर चार बलमा छ विकेट गुमाएर भेट्टायो । यो खेलमा नेपालका कप्तान रोहित पौडेलले शतक बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा पाँच विकेट गुमाएर २०४ रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले सबैभन्दा धेरै ७४ रन बनाएका थिए । शृङ्खलाको तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।