२०८१ वैशाख २३, आइतवार , १०:१२:४० बजे

Sajhamanch
'

झिलझिलेमा भएको दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

बुधवार, वैशाख १२, २०८१

झिलझिले । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको में ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जनाएका छन्।

मृत्यु हुनेहरूमा कमल ४ बस्ने वर्ष २५ को मोटरसाइकल चालक मौसम राई, पछाडि सवार २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विपरीत दिशाबाट आएको प्रदेश १-००१-००१ च ९३२९ नम्बरको बोलेरोले अनियन्त्रित मोटरसाइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनाबाट गम्भीर घाइते भएका तीनैजनाको उपचारका लागि अस्पताल लगिएको थियो। चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।

बुधवार, वैशाख १२, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर