२०८१ वैशाख २४, सोमवार , १२:५८:०४ बजे

Sajhamanch
'

लावती परिवारलाई सञ्जिवनी साकोसको २५ हजार रुपैयाँ मृत्यु राहत हस्तान्तरण

मङ्गलवार, वैशाख ११, २०८१

बिर्तामोड । सञ्जिवनी बचत तथा ऋण सहकारी संस्थाले स्व. लोकप्रसाद लावतीको परिवारलाई काजकिरीया खर्चबापत २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

संस्थाका पेन्सन सदस्य तारा लावतीका बुवा स्व. लोकप्रसादको पाँचौँ पुण्यतिथिमा उक्त साकोसले संस्थागत नीति अन्तर्गत सहयोगस्वरुप सो चेक प्रदान गरेको हो ।

बिर्तामोड–४ स्थित उक्त साकोसको टोलीले मंगलबार सोही वडास्थित लावती निवास पुगेर मृतकको स्मृतिमा मौनधारण गर्दै श्रद्धाञ्जली अर्पणपछि शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

त्यसक्रममा साकोसका उपाध्यक्ष दिनेशकुमार सुवेदीले वाचन गरेको श्रद्धाञ्जली तथा समवेदना पत्र र नगदको चेक साकोसका अध्यक्ष यामकुमार चुडालले शोकाकुल परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए ।

शोकको घडीमा लावती परिवारलाई भेट्न साकोसका सञ्चालक समिति सदस्य शिवबहादुर दाहाल, विभिन्न उपसमितिका सदस्यहरु ज्ञानुराम खरेल, देवीप्रसाद संग्रौला, कर्मचारीहरु गोपाल खरेल र नगेन्द्रकुमार ओली पुगेका थिए ।

२००३ चैत १२ गते जन्मिएका लावतीको यही वैशाख ७ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।

सम्बन्धित खबर