२०८१ पौष २२, सोमवार , १२:०५:३१ बजे

Sajhamanch
'

झापाली चिप्स उद्योग अब आफ्नै भवनमा

आइतवार, वैशाख ९, २०८१

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित झापाली चिप्स उद्योग आफ्नै भवनमा सरेको छ ।

गाउँपालिकाको वडा नम्बर ६ मा ४ वर्षदेखि सञ्चालन हुँदै आएको सो उद्योग गत वैशाख ३ गतेदेखि आफ्नै भवनमा सरेको हो ।

स्थानीयस्तरमा उत्पादित आलुलाई प्रशोधन गरी चिप्स उत्पादन गर्दै आएको उद्योगले विशेष गरेर आफ्नो पालिकामा फलाइएको आलुलाई पहिलो प्राथमिकता दिँदै चिप्स बनाउँदै आएको उक्त उद्योगका सञ्चालक रिजु कार्की बताउँछन् ।

आफ्ना दौँतरीहरू वैदेशिक रोजगारीमा गएपनि स्वदेशमै आफैँ केही गर्न सकिन्छ भनेर उद्योग सञ्चालन गरिएको जानकारी दिँदै उनले १० जना महिलाले उद्योगमा रोजगारी पाएका बताए ।

“वैदेशिक रोजगारीमा थिएँ भने अहिले कसैको निर्देशनमा काम गरिरहेको हुन्थेँ” कार्की भन्छन्, “यहाँ आफैँ फ्याक्ट्री खोलेर १० जनालाई रोजगार दिन सकेँ, व्यवसाय राम्रै चलेको छ, परिवारसँगै खुशीले बस्न पाएको छु ।”

सो उद्योगबाट उत्पादन गरिएको चिप्सको व्यापार पूर्वमा झापाको काँकरभिट्टादेखि पश्चिममा सुनसरीको इटहरीसम्मका शहर बजारहरुमा राम्रोसँग भइरहेको उनको भनाई छ ।

उत्पादनको गुणस्तरलाई कायम राख्दै चिप्सको व्यापारलाई थप विस्तार गर्ने योजना रहेको सञ्चालक कार्कीले बताए ।

सम्बन्धित खबर