२०८२ वैशाख १६, मङ्गलवार , ११:२७:४० बजे

Sajhamanch
'

हनुमान जयन्तीमा बिर्तामोडमा शोभा यात्रा हुने

शुक्रवार, वैशाख ७, २०८१

बिर्तामोड। झापाको बिर्तामोडमा हनुमान जयन्तीको अवसरमा निसान शोभा यात्रा हुने भएको छ ।

आगामी बैशाख १० गते बिहान बिर्तामोडस्थित बालाजी मन्दिरबाट निसान शोभा यात्रा शुरु हुने छ । शोभा यात्रा मुक्तिचोक–पूर्व बस स्टाण्ड–भद्रपुर बस स्टप–अदुवा पुल–मुक्ति चोक हुँदै बालाजी मन्दिरमा पुग्ने कार्यतालिका रहेको बालाजी मन्दिरका संयोजक नबिन गोयलले जानकारी दिए ।

हनुमान जन्मोत्सवको अवसरमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरिँदै आएको गोयलले बताए । सोही दिन भारतको कलकताबाट आउने भजन गायिका पुजा नथानीद्वारा भजन प्रस्तुति हुनेछ । ११ गते पाठ तथा भोग महाप्रसाद एवम् भण्डारा कार्यक्रम गरिने जनाइएको छ ।

११ गते बिहान गणेश पुजन, चोला स्नान सवामणि, छप्प्न भोग, सुन्दरकाण्ड, हनुमान चालीसा तथा हवन लगायतका कार्यक्रम गरिने छ । त्यस्तै सोही दिन साँझ भारतको कठिहारबाट आउने गायक आदर्श दाधिचद्वारा भजन प्रस्तुती हुनेछ । शोभा यात्रामा ४०० बढी सहभागी हुने आयोजकको अनुमान छ ।

शुक्रवार, वैशाख ७, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर