
बिर्तामोड । झापाको बिर्तामोडमा कुदिरहेको एक कारमा आगलागी भएको छ।
अहिले दिउँसो २:४५ बजे बिर्तामोडको वानस्टप मलअगाडि प्रदेश १–०१–००१ च ९०९९ नम्बरको हुन्डाईको कारमा आफै आगलागी भएको हो ।
पेट्रोलले चल्ने कारको अगाडि इन्जिनको भागमा अचानक आगोलागी भएको हो ।आगजनी भएको केहि समयपछि बिर्तामोड नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ ।
घटनाको थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।