२०८१ फागुन ११, आइतवार , ०७:०५:४६ बजे

Sajhamanch
'

जातीय विभेदको आरोपमा गाउँपालिकाका पूर्वउपाध्यक्ष पक्राउ

आइतवार, वैशाख २, २०८१

झापा । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् ।

जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा गएको चैत २८ गते जातीय आधारमा विभेद र अपमान गरेको भन्दै जाहेरी दिएका थिए । त्यही जाहेरीका आधारमा पूर्वउपाध्यक्ष गिरीलाई शनिवार साँझ बिर्तामोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।

गएको चैत १८ गते भएको नेकपा एमाले हल्दीबारी गाउँपालिकाको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका आरोप छ । पक्राउ परेका गिरीलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर