२०८१ फागुन ११, आइतवार , ०८:०६:१० बजे

Sajhamanch
'

झापाको बिर्तामोडमा अदुवा पुल नजिकै एक महिला मृत फेला

आइतवार, वैशाख २, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ स्थित अदुवा पुल नजिकै एक महिला मृत फेला परेकी छिन् ।

मेचिनगर नगरपालिका वडा नम्बर १ घर भइ बिर्तामोड बजार एरियामा दिन भरि कबाडिका सामान बटुली बिर्तामोड नगरपालिका वडा नम्बर १ अदुवा पुल नजिकै रहेको राष्ट्रिय बाणिज्य बैकको पुरानो भवनमा बस्दै आएकी देवराज राजवंशिको श्रीमती अन्दाजी ३५ बर्षकी सुनिता मडि मृत अबस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

शनिवार राती ९ बजेको समयमा उनको शव भेटिएको र हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। घटनाको समबन्धमा प्रहरीले अनुसन्धान थालेको छ

सम्बन्धित खबर