२०८१ वैशाख १९, बुधवार , ०५:४६:३९ बजे

Sajhamanch
'

भद्रपुरमा कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम

शुक्रवार, चैत ३०, २०८०

भद्रपुर । भद्रपुर नगरपालिका कृषि विकास शाखाको आयोजनामा कृषि बीमा सम्बन्धी एक दिवशीय अन्तक्र्रियात्मक गोष्ठी सम्पन्न भएको छ ।

शाखाको आ व २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि व्यवसायका सम्भावित जोखिमहरूबाट कृषकहरुलाई सुरक्षित गराउँदै उनीहरुलाई व्यवासायिक कृषितर्फ प्रेरित गर्नेे उद्देश्यले सचेतनामूलक गोष्ठी आयोजना गरिएको हो ।

नगर कार्यपालिका सदस्य प्रशंसा ठटालको अध्यक्षता एवं नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय बीमा कम्पनी झापाका प्रमुख खगेन्द्र तिम्सिनाले बीमाको वर्तमान अवस्था र चुनौती बारे सहभागीलाई जानकारी गराएका थिए ।

त्यसक्रममा उनले कृषि तथा पशु बीमाका लागि राज्यले ८० प्रतिशतसम्म अनुदान दिँदै आएको भए पनि कृषि उपज बीमाप्रति कृषकको चासो नरहेको जानकारी गराएका थिए ।

झापाका लागि कृषि तथा पशु बीमाको जिम्मेवारी पाएको नेको बीमाका प्रतिनिधिले कृषकले उठान गरेका बीमा भुक्तानीको समस्याबारे प्रस्ट्याएका थिए ।

गोष्ठीमा सहभागी अधिकांश कृषकले बीमा गर्दा सहज र सहुलियत भए पनि क्षतिको भुक्तानी प्रक्रिया झन्झटिलो भएकाले कृषि बीमा आकर्षक हुन नसकेको धारणा राखेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै शाखाका निमित्त प्रमुख सुमन विमलीले कृषि बीमाप्रति कृषकको आकर्षण बढाउन गोष्ठी उपलब्धीमूलक बन्ने विश्वास व्यक्त गरे ।

कृषि सहकारी तथा कृषक समूहबाट प्रतिनिधित्व हुने गरी छनौट गरिएका प्रतिनिधिलाई गोष्ठीमा सहभागी गराइएको उनले जानकारी दिए । सो अवसरमा नगरप्रमुख गणेश पोखरेलले भद्रपुर नगरपालिकालाई कृषि उपज र पशु उत्पादनमा आत्मनिर्भर बनाउने प्रयास जारी रहेको बताए ।

उनले यो आर्थिक वर्षका लागि पशु बीमा गर्न १० लाख रूपैयाँ र कृषि उपज बीमाका लागि ३ लाख रुपैयाँ रकम छुट्याइएको समेत जानकारी गराए ।

 

सम्बन्धित खबर