२०८१ कार्तिक १०, शनिवार , ०७:०७:०४ बजे

Sajhamanch
'

गैरीगाउँ टोलविकास संस्था च्याम्पियन

बुधवार, चैत २८, २०८०

बिर्तामोड । वडा खेलकूद विकास समिति बिर्तामोड १ ले आयोजना गरेको प्रथम वडाध्यक्ष अण्डर १४ टोलस्तरीय नकआउट फूटबल प्रतियोगिताको उपाधि गैरीगाउँ टोलविकास संस्थाले जितेको छ ।

ग्रिनफिल्ड स्कूलको खेलमैदानमा आज भएको फाइनल खेलमा पञ्चकन्या टोलविकास संस्थालाई २–१ ले हराउँदै गैरीगाउँले उपाधि जितेको हो । प्रतियोगिताको विजेता गैरीगाउँले नगद २१ हजार १ सय ११ रुपैयाँसहित मेडल र ट्रफी हात पारेको छ ।

त्यस्तै, प्रतियोगिताको उपविजेता पञ्चकन्याले नगद ११ हजार १ सय ११ रुपैयाँ मेडल र ट्रफी प्राप्त गरेको छ । यसैगरी, प्रतियोगिताको उत्कृष्ट गोलकर्तातर्फ पञ्चकन्याका अभियान ढुंगेल र उत्कृष्ट गोलकिपरतर्फ गैरीगाउँका सुनिल यादवले ट्रफी प्राप्त गरे ।

यस्तै, गैरीगाउँका अंकुश खड्का फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको पहिलो पुरस्कार वैदेशिक रोजगार संघ झापा र दोस्रो पुरस्कार क्रिएटिभ इन्टरनेशनल एकाडेमीका संस्थापक एजाज अहमद अन्सारीले प्रायोजन गरेका थिए । चैत्र २६ गतेबाट शुरु भएको उक्त प्रतियोगितामा १० वटा टोलविकास संस्थाहरुले भाग लिएका थिए ।

वडा खेलकूद विकास समितिका अध्यक्ष केशव पोखरेलले सो प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तरता दिने जानकारी दिए ।

सम्बन्धित खबर