झापा । झापाको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका गोपाल तामाङ कोशी प्रदेशको प्रमुख सचेतकमा मनोनित भएका छन् ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् ।
यसअघि कोशी कांग्रेसको प्रमुख सचेतकमा खोटाङ क्षेत्र नम्बर १ (२) बाट निर्वाचित भुपेन्द्र राई थिए । उनले सो पद त्यागेपछि तामाङ मनोनीत भएका हुन् ।