२०८१ माघ ५, शनिवार , १२:३०:५७ बजे

Sajhamanch
'

शिवसताक्षीका सहकारीकर्मीहरुलाई रणनीतिक योजना तर्जुमा तालिम

बिहिवार, चैत २२, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नगरमा सञ्चालित सहकारीका कर्मचारीसहकारी सञ्चालन एवम व्यवस्थापन सम्बन्धी  रणनीतिक योजना तर्जुमा  तालिम सञ्चालन गरिएको छ । नगरपालिकाको सभाहलमा बुधबार ३ दिवसीय तालिमका उद्घाटन गरिएको हो ।

तालिमको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै अधिकृत राईले सरकारले सहकारी संस्थाहरुका लागि स्पष्ट कानुन नबनाएका कारण पनि सहकारी सञ्चालनमा केही अप्ठ्यारो परेको बताए । पछिल्लो समय सहकारीहरुमा धेरै समस्याहरु देखिएको त्यो समस्याबाट भागेर हाइन त्यसलाई सुधार गर्दै लैजानुको विकल्प नरहेको उनको भनाई थियो ।

त्यस्तै नगरपालिकाका लेखा शाखा प्रमुख प्रकाश योङहाङ्गले सरकारले भन्दा सहकारीले बढी रोजगारीको सृजना गरेको बताए । तर कतिपय सहकारीहरुमा धेरै समस्या परेको गुनासोहरु नगरमा आएका छन् । सहकारी नाफामुखी नभई सेवा मुखी हुनु पर्ने उनको जोड थियो ।

सहकारीहरुले वार्षिक योनजा कसरी बनाउने भन्ने विषयको अन्तरक्रिया तथा तालिमको माग भए अनुसार ३ दिवसीय तालिमको आयोजना गरिएको सहकारी प्रमुख बद्री दाहालले जानकारी दिए । तालिमले आगामी वर्षका लागि वार्षिक योजना तथा नीति निर्माणका लागि सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाई थियो ।

तालिममा सहकारीका राष्ट्रिय प्रशिक्षक केशवप्रसाद पोखरेलको सहजीकरण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ।

तालिममा शिवसताक्षीका रहेका सहकारीहरुबाट ४० जना कर्मचारी तथा सदस्यहरुले सहभागीता जनाएका छन् ।

बिहिवार, चैत २२, २०८० | समाज, सहकारी