२०८१ कार्तिक २, शुक्रवार , ०७:०४:५१ बजे

Sajhamanch
'

शिवसताक्षीमा जारी भेट्रान कपः सिबीसीलाई हराउँदै आयोजक (रातो) फाइनलमा

मङ्गलवार, चैत २०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा आयोजक झिलझिले भेट्रान क्लब (रातो) फाइलनमा प्रवेश गरेको छ । सिवीसी भेट्रान क्लब चन्द्रगढीलाई ३– १ गोल अन्तरले हराउँदै आयोजक फाइलनमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको २१ औं मिनेटमा आयोजक तर्फबाट जर्सी नं. १५ भिष्म खरेल (विनोद)ले पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको १ मिनेट नविदै सिवीसीका जर्सी नंं १३ का खेलाडी कर्ण लिम्बुले एक गोल गर्न सफल भए । दोस्रो हाफको ३ मिनेटमा आयोजकका जर्सी नं. ८ सन्तोष थोप्राले एक र लगातर आयोजकका जर्सी नं. ३ का खेलाडी सन्तोष नेम्वाङ्गले एक गोल गरेपछि ३ – १ को अन्तर हुन पुग्यो । खेलको म्यान अफ दी म्याच आयोजकका अंकुर खड्की घोषित भए । उनले नगद २ हजार प्राप्त गरे ।

प्रतियोगिता झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भएको छ । प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । भोली बुधबार दोस्रो सेमी फाइनल खेल दमक लखनपुर र पुर्वेली भेट्रान क्लब विर्तामोड बीच हुने आयोजक झिलझिले भेट्रान क्लबले जनाएको छ ।

मङ्गलवार, चैत २०, २०८० | खेलकुद

सम्बन्धित खबर