२०८१ माघ २८, सोमवार , ०८:३०:२८ बजे

Sajhamanch
'

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

शुक्रवार, चैत १६, २०८०

मोरङ  । मोरङको कानेपोखरी ७ स्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुबाहक बसको ठक्करबाट आमाको मृत्यु भएको छ भने छोरा घाईते भएका छन् ।ट्राफिक प्रहरीका अनुसार गएराति करिब ८ बजे झापाबाट इटहरीतर्फ जाँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको प्र१–०२–०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इटहरी उपमहानगरपालिका वडा नम्बर ८ की ४४ बर्षिया मन्जु कटुवालको मृत्यु भएको हो । मोटरसाइकल चालक मञ्जुका २१ बर्षीय छोरा अमित कटुवाल गम्भीर घाईते भएका छन् ।

दुर्घटनापछि उपचारका लागि न्यूरो अस्पताल विराटनगर पुर्याइएकी मञ्जुलाई करिब साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न बस र बस चालक मोरङ पथरीशनिश्चरे २ का ३७ बर्षिय टेकबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रवार, चैत १६, २०८० | समाज

सम्बन्धित खबर