२०८१ पौष ७, आइतवार , १०:४४:२४ बजे

Sajhamanch
'

शिवसताक्षीका लागि आएको अनुदानको मल व्यापारीले वैगुनधुरा पुर्याएपछि………

मङ्गलवार, चैत १३, २०८०

शिवसताक्षी । झापा जिल्ला शिवसताक्षी नगरपालिका एक व्यापारीले वडा नं. ३ का किसानका लागि आएको युरिया मल गौरादह नगरपालिका पुर्याएको पाइएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीका विपिन एग्रोभेन्टस सेन्टरले कृषि सामाग्रीबाट किसानका लागि ल्याएको मल गौरादह नगरपालिकाको बैगुधुरा पुर्याएको रहस्य खुलेको छ ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीसहितको टोलीले उक्त मल शिवसताक्षीमा नल्याई अन्यन्त्र लगेकोे थाहा पाएपछि विपिन एग्रोभेट्सको गोदाममा छापा मारेको थियो । गोदाममा मल फेला नपेरपछि मल कहाँ गयो भनेर खोजी सुरु भएको हो ।

विपिन एग्रोभेन्टसका सञ्चालक विपिन भट्टराई ९० बोरा युरिया मल बैगुनधुरा पुर्याएका थिए । शिवसताक्षीको पाराबारीमा ल्याउनु पर्ने मल सिदै  बैगुनधुरामा अनलोड गरेको रहस्य बाहिर आएको हो ।
शिवसताक्षी नगरपालिकाले ६ महिना अघि सरकारले अनुदान दिने मल किसानलाई वितरण गर्नका लागि विपिन एग्रो भेट्सलाई सिफारिस दिएको उपप्रमुख नरमाया कार्कीले बताइन् ।

कार्कीले भनिन्, उक्त मल तुरुन्त शिवसताक्षी ३ को पाराबारीमा फिर्ता ल्याउन निर्देशन दिएकी छु । आज बेलुका सम्ममा केही मल फिर्ता आएको छ । भोलीसम्ममा सबै मल फिर्ता ल्याएर नगरपालिकालाई दाखिला गराउनु पर्ने छ ।

यता विपिन एग्रोभेन्टसका सञ्चालक विपिन भट्टराईले आफुले गल्ती गरेको स्वीकार गरेका छन् । उनले आफुले नियत बस नभई, बैगुधुरामा पनि पसल रहेकाले त्यहाँ मल अनलोड गरेको बताए । उनले भोली सम्ममा सबै मल ल्याएर नगरपालिकालाई दाखिला गराउने बचन दिएका छन् ।

शिवसताक्षी नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष भाष्कर न्यौपानेले वडाका लागि आएको मल अन्य पालिकामा जानु गलत भएको बताए । यहाँका किसान वर्षेनी मल नपाएर पीडित बन्ने गरेका छन् । उनले भने, वडाका लागि आएको मल बाहिर लैजानु पिडम्बना हो ।

वडा नं. ३ कालागि आएको मललाई महगो मूल्यमा विक्री गर्न बैगुन्धुरा लगिएको स्थानीयले आरोप लगाए । शिवसताक्षीमा मलको सटेज गराएर बाहिर महगो मूल्यमा विक्री गर्न व्यापारीले चाल चालेको स्थानीयको भनाई छ ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, कार्यक्रम अधिकृत प्रकाश चौधरी, कृषि शाखा प्रमुख रविन भट्टराईको टोलीले विपिन एग्रोभेट्स माथि निगरानी बढाएको थियो ।

मङ्गलवार, चैत १३, २०८० | विविधा, समाज

सम्बन्धित खबर