२०८१ माघ १३, आइतवार , ०८:५५:५५ बजे

Sajhamanch
'

सेवारो साकोसका सदस्यलाई सहकारी शिक्षा

शुक्रवार, चैत ९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी दूधेमा रहेको सेवारो बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा प्रदान गरेको छ ।

संस्थाले शिवसताक्षीको दूधे स्थित भुपु शैनिक संघको सभाहलमा सदस्यहरुसँग वित्तीय अन्तरक्रिया गर्दै सहकारी शिक्षा प्रदान गरेको हो ।

सदस्यहरुलाई सहकारीको महत्व, बचत तथा ऋणको परिचालन लगायतका विषयमा सहकारी शिक्षा प्रदान गरिएकोे संस्थाले जनाएको छ । सहकारी शिक्षालाई विशेष महत्व दिएर सदस्यहरुलाई बचत र उत्पादनमूलक ऋण लगानीप्रति केन्द्रीत गर्ने उद्देश्यले सहकारी शिक्षा कार्यक्रमको आयोजना गरिएको साकोसका अध्यक्ष दुर्गादेवी मगरले बताइन् ।

सहकारी के हो, त्यसको सिद्धान्त, मुल्य र मान्यताको विषय साथै सेयर, बचत, ऋण, सहकारी र बैंक बीचको फरक लगायतका विविध विषयमा संस्थाका व्यवस्थापक सुजनकुमार राईले सहजीकरण गरेका थिए ।

अन्तरक्रिया तथा सहकारी शिक्षामा कार्यक्रममा एक सय बढी सदस्यहरुको उपस्थिति रहेको थियो । शिक्षा समिति संयोजक अम्बरसिंह आङ्गदेम्बेको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।

शुक्रवार, चैत ९, २०८० | सहकारी