२०८१ असोज ३, बिहिवार , ११:५८:३६ बजे

Sajhamanch
'

प्रधानमन्त्री पद चाहिएको होइन : माधव नेपाल

शुक्रवार, चैत २, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै कम्युनिस्टलाई गोलबन्द गरिने भए पार्टी एकताका निम्ति तयार रहेको बताएका छन् । शुक्रबार पार्टीका महिला भेला तथा प्रशिक्षण कार्यक्रममा उनले आफूलाई पद ओगट्ने चाहना पनि नभएको बताए ।

“हामी सिंगै देशका कम्युनिस्टलाई मिलाउने हो, मिलाउन तयार छौँ । सबै कम्युनिस्टलाई गोलबन्द गर्न तयार हुनुहुन्छ भने तयार छौँ । देश बनाउनुछ हामीलाई । हामीलाई कुनै पद ओगटेर बस्नु छैन,” उनले भने, “हामीलाई प्रधानमन्त्री पद पनि चाहिएको होइन । पार्टी अध्यक्ष पद पनि चाहिएको होइन । हामीलाई खालि देशको प्रगति र परिवर्तन चाहिएको हो ।”

उनले पार्टी छाडेर नेकपा (एमाले)मा फर्किएका मुकुन्द न्यौपानेलगायत नेताको बिजोग रहेको भन्दै सोचेर मात्र बोल्न आग्रह गरेको सुनाए । “मुकुन्द न्यौपानेको बेहाल छ । केदार न्यौपानेको बिजोग छ । कमरेडहरूले कमरेड, यो सबै विचार नगरी नबोल्नु होला भनिरहेको स्थिति छ,” उनले भने ।

उनले विभिन्न विषयमा कसरी अघि बढ्ने भनेर छलफल चल्ने बताए । प्रदेशका मन्त्री, मुख्यमन्त्री नियुक्तिलगायत विषयमा आफ्नो पार्टीको भूमिका रहने बताए । पार्टी सरकारमा गएकाले मिल्ने भयो भनेर चुप लागेर नबस्न उनले नेता–कार्यकर्तालाई निर्देशन पनि दिए ।

शुक्रवार, चैत २, २०८० | भिडियो, राजनीति

सम्बन्धित खबर