झापा । सरकारले झापाका थप पाँच जनालाई शहीद घोषणा गरेको छ । फागुन २४ गते मन्त्रिपरिषदको बैठकले दुई हजार ६७४ जनालाई शहीद घोषणा गरेपछि गृह मन्त्रालयले उनीहरुको नाम राजपत्रमा प्रकाशित गरेको हो । उक्त सूचीमा पाँच जना झापालीको नाम सूचीकृत छ ।
विसं. २०२८ जेठ २ गते सहादत प्राप्त गरेका मेचीनगर–१५ का कर्णबहादुर गौतम, २०६१ साउन १२ गते सहादत प्राप्त गरेका शिवसताक्षी–१ का गणेश ढकाल र राजन चेम्जोङ, २०६२ माघ ११ गते सहादत प्राप्त गरेका दमक–७ का राजेन्द्र पोखरेल र २०६२ माघ १७ गते सहादत प्राप्त गरेका झापा गाउँपालिका–७ का बिमला पाठकलाई सरकारले शहीद घोषणा गरेको हो ।
राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेको भन्दै उनीहरुलाई शहीद घोषणा गरेको जनाइएको छ ।