२०८१ पौष ६, शनिवार , ११:५४:४४ बजे

Sajhamanch
'

११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शिवसताक्षीका ११ जना महिला सम्मानित

शुक्रवार, फागुन २५, २०८०

शिवसताक्षी । ११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शिवताक्षीका ११ जना महिलाहरुलाई सम्मान गरिएको छ । शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा नगर स्तरीय महिला समितिको समन्वयमा नगरका ११ वटै वडाका एक एक जना महिलालाई सम्मान गरिएको हो ।

नगरका वडाहरुमा रहेर विभिन्न समयका काम गर्ने उद्यमी महिला, समाज रुपान्तरणका लागि काम गर्ने र श्रमिक महिलाहरुलाई सम्मान गरिएको हो ।

उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिवसताक्षी नगरपालिकाका पुर्व नगरप्रमुख चन्द्रकमार सेर्माले सम्मान प्रत्र प्रदान गरेका हुन् । सम्मानित हुने महिलाहरुमा मेरिना कार्की, आइतमाया लिम्बु, डम्बरकुमारी बास्तोला, हेमकुमारी राजवंशी, खुमा देवी ढुंगेल, बत्च्छला खनाल, रेनुका बस्नेत, देवीमाया सापकोटा, आस्मा राई, कविता बस्तेत, देवीना घिमिरे रहेका छन् ।

कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, पूर्व नगर प्रमुख चन्द्रकुमार सेर्माले शुभकामना मतव्य राखेका थिए ।

महिला श्रमिक दिवस अवसरमा महिलाहरुले नौमति बाजासहित दुधे बजार परिक्रममा गरेका थिए । कार्यक्रममा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले महिलाहरुको श्रम र शारीरिक शोषण सम्बन्धी नाटक प्रस्तुत गरेका थिए ।

नगर स्तरीय समितिकी अध्यक्ष यसोदा विमलीको अध्यक्षता भएको कार्यक्रमको स्वागत शिवतसाक्षी नगरपालिका महिला तथा बालिबा शाखाकी प्रमुख देविना पराजुलीले गरेकी थिइन् भने, सञ्चालन कोपिला चौलागाईले गरेकी थिइन् ।

यसरी मनाउन थालियो श्रमिक महिला दिवस

सन१९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले सन १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यापि कायमै छ ।

शुक्रवार, फागुन २५, २०८० | विविधा, समाज

सम्बन्धित खबर