२०८१ पौष १९, शुक्रवार , ०८:१०:५४ बजे

Sajhamanch
'

झापाका स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कनमा विर्तामोड, दमक र शिवसताक्षी, पहिलो, दोस्रो र तेस्रो स्थानमा

शनिवार, फागुन १२, २०८०

शिवसताक्षी । झापाका १५ वटै स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक भएको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कन रिर्पोट अनुसार नगरपालिकामध्ये बिर्तामोड र गाउँपालिकामध्ये हल्दिबारीको कार्य सम्पादन मूल्याङ्कन उत्कृष्ट रहेको पाइएको छ । बिर्तामोडले ३७.४३ अंक र हल्दिबारीले ३२.३९ अंक प्राप्त गरेको छ ।

कार्य सम्पादन मूल्याङ्कन अंकमा हेर्दा कचनकवल गाउँपालिका १७.४४ अंकका साथ सबै भन्दा पछि रहेको छ ।

नगरपालिकामा दोस्रो स्थानमा दमक रहेको छ जसले ३६.५७ र तेस्रो स्थानमा शिवसताक्षी रहेको छ जसले ३५.८५ अंक प्राप्त गरको छ ।

स्थानीय तहको प्रयोजनका लागि भने १७ वटा सूचकमा आधारित भएर मूल्याङ्कन गरिएको हो । संघीय सरकारले विना सर्त प्रदेश र स्थानीय तहमा पठाउने अनुदान नै वित्तीय समानीकरण अनुदान हो । यस्तो अनुदानको सिफारिस गर्ने जिम्मेवारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पाएको छ । यस्तो सिफारिस गर्दा आयोगले सूत्र बनाउँछ । जसमध्ये एक मापक कार्य सम्पादन मूल्याङ्कन हो ।

कुन पालिकाको कार्य सम्पादन मूल्याङ्कन कति ?
मेचीनगर २७.४६,
बुद्धशान्ति २८.९८
अर्जुनधारा २६.२६
कनकाइ २३.९४
शिवसताक्षी ३५.८५

कमल २७.६६
दमक ३६.५७
गौरादह ३१.९
गौरीगञ्ज २०.६५
झापा २५.८
बाह्रदशी २१
बिर्तामोड ३७.४३
हल्दिबारी ३२.३९
भद्रपुर ३०.४७
कचनकवल १७.४४

शनिवार, फागुन १२, २०८० | विविधा, समाज