२०८२ जेठ ५, आइतवार , ०१:२३:५७ बजे

Sajhamanch
'

इलामको धारापानी डेरीमा आगलागी, ८६ लाख बराबरको क्षति

मङ्गलवार, फागुन ८, २०८०

इलाम । इलाम नगरपालिका वडा न‌ ५ मा रहेको धारपानी डेरी उद्योगमा मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीबाट ८६ लाख बराबरको क्षति भएको डेरी सञ्चालक घनेन्द्र मुखियाँले बताए । छुर्पी बालिएको आगोबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

आगलागीबाट डेरीका सबै मेशिनहरु नष्ट हुनका साथै २ हजार केजीभन्दा धेरै तयारी छुर्पी र घ्यू नष्ट भएको छ । आगलागी हुँदा दुई वटा घरमा रहेका सामग्री र छुर्पी नष्ट भएको हो ।

स्थानीयले आगो नियन्त्रण गरेकाले घर भने आगलागीबाट जोगिएको थियो । घटनापछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी प्रमुख बासुदेव खतिवडाले समेत घटनास्थलको निरीक्षण गरेका थिए ।

मङ्गलवार, फागुन ८, २०८० | अर्थतन्त्र, समाज

सम्बन्धित खबर