२०८१ माघ २६, शनिवार , ०५:३३:०३ बजे

Sajhamanch
'

नापी सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ

बिहिवार, माघ २५, २०८०

काठमाडौं । नापी कार्यालयका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईलाई पक्राउ गरेको हो। उनीसँगै लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पक्राउ गरेको हो

आयोगका अनुसार चौलागाई र पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। सूचना पाएपछि पुगेको आयोगको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो।

सम्बन्धित खबर