२०८१ कार्तिक २, शुक्रवार , ०७:०५:४२ बजे

Sajhamanch
'

वृद्धाको हत्या आरोपमा एकजना पक्राउ

मङ्गलवार, माघ १६, २०८०

संखुवासभा । खाँदबारी नगरपालिका-९ तुम्लिङटार की ६२ वर्षीया दिलकुमारी घिमिरे हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन्।वृद्धाको हत्यामा संलग्न भएको आरोपमा सुनसरीको धरानका दिपेन भन्ने आकाश राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ जानकारी दिए। हत्यालगत्तै फरार रहेका राईलाई प्रहरीले एक सातापछि धरानबाट पक्राउ गरेको हो।

राईले सुनको गरगहना लुट्न वृद्धाको हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। आरोपित राईले वृद्धाको हत्यापछि गुनको गरगहना धनकुटा पाख्रीवास नगरपालिका –४ बुद्धचोक स्थित रूपकला ज्वेलर्समा ४७ हजार रुपैयाँ बिक्री गरेका थिए।घटनापछि उनी हुलिया परिर्वतन गर्दै विभिन्न नाका मार्फत धनकुटा, वसन्तपुर, भेडेटारको बाटो हुँदै धरान पुगेका थिए। उनले प्रहरीलाई झुक्काउन चार पटकसम्म सिमकार्ड परिवर्तन गरेको थिए।माघ ६ गते शनिबार बिहान ७ बजे घर नजिकै दाउँरा काट्न गएकी घिमिरेको शव रुखको जराले किचिएको रहस्यमय अवस्थामा फेला परेको थियो। उनले बञ्चरो प्रहार गरी वृद्धाको हत्या गरेको प्रहरीको भनाइ छ।

घटनाको अनुसन्धानका लागि माघ ७ गते प्रदेश प्रहरी कार्यालय विराटनगर बाट तालिम प्राप्त कुकुरसहितको टोली समेत आएको थियो। प्रहरीले घटनास्थल भन्दा १५० मिटर पर रगत लागेको बञ्चरो र मृतकले प्रयोग गर्न मोबाइल र थैली फेला पारेको थियो।राई केही महिनाअघि मजदुरीको सिलसिलामा संखुवासभा आइपुगेका थिए। घटनाबारे जिल्ला अदालत संखुवासभाबाट म्याद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित खबर