२०८२ जेठ ११, शनिवार , ०१:५०:०० बजे

Sajhamanch
'

सरकारी कार्यलय आजबाट ५ बजेसम्म खुल्ने

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । आजबाट सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिंदैछ । बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् ।

१५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ ।

त्यसबाहेकका अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ । यसअनुसार आजदेखि ५ बजेसम्म नै सरकारी कार्यालयबाट सेवा पाइनेछ ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने प्रचलन छ ।

सम्बन्धित खबर