२०८१ पौष ७, आइतवार , १०:५३:३४ बजे

Sajhamanch
'

शिवसताक्षीका दुई वडामा साबुन, हर्पिक र फिनेल बनाउने तालिम सञ्चालन

बुधवार, माघ १०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ९ र ११ मा महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिवशीय तालिम सञ्चालन भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ को कार्यालयमा महिलाहरुका लागि साबुन, हर्पिक र फिनेल बनाउने तालिम आजबाट सुरु भएको हो ।

तालिमको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई र वडाध्यक्ष बहादुर आङ्गबोले उद्घाटन गरेका छन् । तालिममा महिलाहरुले घरमै बसेर उत्पादन गर्न सक्ने हर्पिक, फिनेल र साबुन बनाउनका लागि सिकाईने आयोजक सम्पन्न सवल नेपालले जनाएको छ । तालिम उद्घाटनका क्रममा प्रमुख प्रशासकीय अधिकृत राईले तालिममा सिकेको कुराहरुलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । उनले महिलाहरु आफै स्वलम्बी बन्दै तालिममा प्राप्त गरेका ज्ञानलाई पेशा रुपमा अबलम्बन गरी आय आर्जनको गर्न आफै जागरुप हुनु पर्ने बताए ।

तालिम शिवसताक्षी वडा नं. ९ मा माघ ८ गतेबाट सञ्चालन भइरहेको सम्पन्न सबल नेपालकी अध्यक्ष लिलादेवी शिलवालले जानकारी दिइन् । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की उद्घाटन गरी सञ्चालन भएको तालिमको १२ गते सम्मापन हुने अध्यक्ष शिलवालले बताइन् । वडा नं. ९ को तालिममा ३० जना महिलाहरुले सहभागिता जनाएका छन् ।

आजबाट सुरु भएको वडा नं. ११ मा ३५ जनाको सहभागिता रहेको वडा नं. ११ को कार्यालयले जनाएको छ । तालिम शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखा अन्तर्गतसञ्चालन भएको महिला तथा बालबालिका शाखा प्रमुख देविना पराजुलीले जानकारी दिइन् ।

तालिममा वित्तीय सहयोग शिवसताक्षी नगरपालिकाको रहेको छ भने तालिमको सहजीकरण रोहिणीप्रसाद बरालले गरेको सम्पन सवल नेपालले जनाएको छ।

बुधवार, माघ १०, २०८० | विविधा, समाज

सम्बन्धित खबर