२०८१ पौष ७, आइतवार , ०४:४४:३८ बजे

Sajhamanch
'

शिवसताक्षी नगरपालिका र स्थानीय दाताहरुको सहयोगमा जुनियर प्रहरी अधिकृतको आवास निर्माण

शुक्रवार, पौष २७, २०८०

शिवसताक्षी । इलाका प्रहरी कार्यालय झिलझिलेमा नव निर्मित भवनको उद्घाटन गरिएको छ। शिवसताक्षी नगरपालिका र स्थानीय दाताहरुको सहयोगमा निर्माण भएको २ कोठे जुनियर प्रहरी अधिकृत आवास भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

भवनको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, झापा जिल्ला प्रहरी प्रमुख दुर्गाराज रेग्मीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भवन निर्माण समितिले उक्त भवन इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो ।

स्थानीय दाताहरुबाट सहयोगार्थ १६ लाखमा उक्त भवन निर्माण गरिएको निर्माण समितिका संयोजक सन्तोष थोप्राले जानकारी दिए । उनले भवन निर्माणका लागि शिवसताक्षी नगरपालिकाबाट ६ लाख र स्थानीय समाजसेवी सिंहविर थाम्सुहाङ्गबाट एक लाख एघार हजार रकम सहयोगबाट निर्माण कार्य सुरु गरिएको बताए । उनका अनुसार भवन निर्माण सम्पन्न भइसक्दा ८० दाताहरु जोडिएका संयोजक थोप्राले बताए । भवन निर्माणका लागि दाताहरुबाट ५ लाख ६१ हजार र ३ लाख बराबरको जिन्सी सहयोग रहेको भवन निर्माण समितिले जनाएको छ ।

उद्घाटन कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले शान्ति सुरुक्षाका लागि काम गर्ने प्रहरीहरु साँगुरो भवनमा बस्नु पर्ने बाध्यतालाई हल गर्न नगरपालिकाले सहयोग गरेको बताए । इलाका प्रहरी कार्यालय भवनहरुलाई व्यवस्थित गर्न नसक्दा यहाँका नागरिकहरुले भवन निर्माणका लागि सहयोग जुटाउनु पर्ने बाध्यता रहेको छ । नगर प्रमुख थोप्राले भने, इलाका प्रहरी कार्यालय भएको जग्गा धनी प्रमाण पत्र गृहमन्त्रालय अन्तर्गत ल्याउन कठिनाई भएको हुँदा केन्द्रबाट आएको बजेट हरेक वर्ष फर्केर जाने गरेको छ । त्यसका लागि नगरपालिकाले पहल गरिरहेको उनको भनाई थियो ।

शान्ति सुरुक्षाका कायम गर्न र दुर्घटना न्युनिकरणका लागि शिवसताक्षी नगरपालिकाले सडकमा जडान गरिएको सीसी क्यामेराहरुको मोनिटरिङ्ग गर्नका लागि इलाका प्रहरी कार्यालय झिलझिलेलाई हस्तान्तरण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख दुर्गाराज रेग्मीले शान्ति सुरक्षाका लागि नागरिकको सहयोग अत्यन्त महत्वपूर्ण रहने बताए । प्रहरी रहेक पटक हेर फेर हुन्छन् तर यहाँहरुले निर्माण गर्नु भएको भवन लगायत यहाँका सम्पत्ती यहाँको स्थानीय सरकारको हुने उनको भनाई थियो । शान्ति सुरुक्षाका लागि झापा जिल्ला प्रदेश कै अब्बल सावित भएको प्रमुख रेग्मीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज अनिश बुढाथोकीले आफु झिलझिलेमा आएपछि भवन अभावमा प्रहरी जवान साँघुरो भवनमा बस्नु पर्ने बाध्यता देखेपछि स्थानीय राजनीतिक दल र स्थानीय सरकारसँग भवन निर्माणका लागि कुरा अघि बढाएको बताए । उनले गएको असोजमा स्थानीय सिंहविर थाम्सुहाङ्गले उक्त भवनको शिल्यान्यास गरी निर्माण कार्य सुरु गरिएको जानकारी दिए । उनले भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय झिलझिलेले भवन निर्माणमा सहयोग गर्ने ८० जना दाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्षहरु लक्ष्मीप्रसाद चेम्जाङ, सन्त फेउदिन, सताक्षीधाम पर्यटन विकास बोर्डका अध्यक्ष तुला बोखिम लगायतको उपस्थिति रहेको छ । कार्यक्रमको भवन निर्माण समितिका सचिव प्रेम सेर्माले गरेका थिए ।

शुक्रवार, पौष २७, २०८० | विविधा, समाज

सम्बन्धित खबर