
शिवसताक्षी । झापाको कनकाई नगरपालिका वडा नं. १ स्थित पशुपति प्रा.वि.का विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले आज एक कार्यक्रम गर्दै विद्यालयका गरिब तथा जेहेन्दार ५० छात्र छात्राहरुलाई न्यानो कपडा वितरण गरेको हो । छात्रा छात्रालाई जाडोमा लगाउने विद्यायल पोशाक स्वीटर जुत्ता वितरण गरेको प्रतिष्ठानले जनाएको छ । उनीहरुलाई कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी लगायत ओली परिवारले वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले गरिब तथा जेहेन्दार छात्र छात्रलाई स्वीटर प्रदान गरेर जाडोको मौसममा निर्धक्क रुपमा विद्यालय आउने वातारण सृजना गरिदिएकोमा धन्यवाद दिएकी थिइन् । सामाजिक रुपमा स्थापना भएको प्रतिष्ठानले नगरपालिका क्षेत्र भित्रका समाज रहेका विपन्न वर्गलाई लक्षित गरेर कार्यक्रम गरेको छ । यो सहरानीय काम हो । उनले भनिन्, समाज रुपान्तरण र भविष्यका कर्णधार बालबालिकाहरुलाई आज पढ्ने वातावरण बनाउन समाजको पनि उतिनै दाहित्व हुन्छ । प्रतिष्ठानले समाजका दुर दराजमा रहेका विपन्न परिवारलाई प्राथमिकतामा राखेर काम गर्दै आएको हामीले महशुष गरेका छौं ।
प्रतिष्ठानले ४५ हजार बराबरको सामाग्री वितरण गरेको प्रतिष्ठानका उपाध्यक्ष यज्ञप्रसाद ओलीले बताए । उनले शिवसताक्षीको भगवती मावि, भद्रपुरको विरेन्द्र मावि लगायत झापाका धेरै विद्यालयहरुमा सामाग्री वितरण गरिएको जानकारी दिए । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासघ झापाका अध्यक्ष एकराज गिरी ,फोटो पत्रकार संघका पुर्व अध्यक्ष बिनोद पाण्डे लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो । विद्यालयका प्र.अ. खेमराज कार्कीले स्वागत गरेको कार्यक्रमको अध्यक्ष वि.व्य.स. अध्यक्ष राम कुमार पोख्रेल र संचालन शिक्षक तरुण अधिकारीले गरेका थिए ।


 
						 
						 
						