२०८१ पौष ७, आइतवार , ०४:४६:५० बजे

Sajhamanch
'

नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघ झापाको अध्यक्षमा खड्का

मङ्गलवार, पौष २४, २०८०

शिवसताक्षी । नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले झापाका जिल्लामा अध्यक्षमा सन्तकुमार खड्कालाई मनोनित गरेको छ ।

यही पौष २१ गते नेपाली कांग्रेसको सुभेक्षुक संस्था नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघ झापा जिल्ला अध्यक्षको रुपमा खड्कालाई मनोनित गरेको नेपाली कांग्रेसका युवा नेता तथा शिवसताक्षी न.पा. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए ।

खड्का शिवसताक्षी ६ निवासी नेपाली कांग्रसका पूर्व नगर सभापति हुन् । खड्काले समितिलाई पूर्णता दिदै जिल्ला भरी संगठन विस्तार गर्ने बताए । उनले नेपाल सुकुम्बासी तथा अव्यस्थित बसोबासी संघले सुकुम्बासीका हक, अधिकारकालागि न्यायोचित तवरले काम गर्ने जानकारी दिए ।

मङ्गलवार, पौष २४, २०८० | राजनीति, विविधा

सम्बन्धित खबर