२०८१ माघ ६, आइतवार , ११:२७:५९ बजे

Sajhamanch
'

शिवसताक्षीमा महिला स्वास्थ्य स्वयसेवीकाहरुको भेला, भत्ताको भरमा काम गर्नु परेको गुनासो

मङ्गलवार, पौष १७, २०८०

शिवसताक्षी । झापा शिवसताक्षीका महिला स्वयमसेविकाहरुले शिवसताक्षी नगरपालिकामा गुनासो पोखेका छन् । आज शिवसताक्षी नगरपालिकाका कार्यालयमा एक कार्यक्रम गर्दै उनीहरुले आफुहरुलाई सरकारले वेवस्ता गरेको बताए । नेपाल महिला स्वयमसेविका संघ शिवसताक्षी नगर कमिटीले आयोजना गरेको नगर भेलामा सहभागी अधिकांश महिला स्वयमसेवीहरुले आफुहरु अन्यायमा परेको बताए ।

महिला स्वयमसेवीहरु नागरिकको घर घरमा गई स्वास्थ्यको पहिलो खुड्किलोको रुपमा काम गर्ने पर्नु तर सरकारले न्युन भत्ताको भरमा काम लगाएको आरोप लगाए ।

कार्यक्रममा नेपाल महिला स्वयसेवी संघका केन्द्रिय अध्यक्ष गीता थिंङले आफ्नो हक अधिकारका लागि सम्पूर्ण स्वयसेवी महिलाहरु एक जुट हुनु पर्ने बताइन् । सरकारले महिला स्वयसेवीहरुलाई पोशाक भत्ता वार्षिक १० हजार र यातायात खर्च भनेर १२ हजार मात्र दिने गरेको गुनासो गरिन । अन्य स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुले मासिक तलब, संचयकोष, उपदान लगायतका सुविधाहरु पाएका छन् । तर हामी महिला स्वयसेवकहरुले भत्ताको भरमा काम गर्नु पर्ने बाध्यता रहेको उनको भनाई थियो । उनले सरकारले स्वास्थ्य सेवीकाहरु विदाई गर्दा २० हजार तोकेकोमा आक्रोस पोखिन । सरकारले ६० वर्ष उमेर सम्म सेवागरे बापत विदाई हुँदा कम्तिमा पनि एक लाख तोक्ने पर्ने माग गरिन् ।

शिवसताक्षी नगरपालिकामा महिला स्वयमसेविकाहरुको संख्या ४१ जना रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । उनीहरुले हाल विदाई हुँदा ३० हजार पाउँछन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरभित्र काम गर्ने महिला स्वयमसेवीकाहरुले न्यनतम रकममा काम गर्दै आएको बताए । उनले महिला स्वयसेवीकाहरुले बेला बेलामा नगरपालिकामा आएर आफ्ना समस्याहरु जानकारी गराउनु पर्ने बताए । नगरपालिकाकाले महिला स्वयसेवीकाहरुले विदाई गर्दा ३० हजारलाई बढाएर ६० हजार बनाउनु पर्ने प्रस्ताव म आफैले पनि गरेको उनले जानकारी गराए ।

नगरपालिकाले योजना बनाउँदा महिला स्वयसेवीकाहरु आफु अन्तर्गतको शाखामा सम्पर्क गरी आफ्ना कुराहरु राख्न बुझाब दिए ।

नगरपालिकाले स्थानीय आयश्रोत हेरीकन महिला स्वयसेवीकाहरुलाई सम्वोधन हुने खालका कार्यक्रमहरु ल्याउने उनको भनाई थियो ।

त्यस्तै गरी उपप्रमुख नरमाया कार्कीले आफुले पनि लामो समयसम्म स्वयमसेवीका भएर काम गरेको बताइन् । महिला स्वयमसेवीहरुले घरको काम सम्हाल्दै सामाजिक रुपमा पनि काम गर्ने पर्ने भएकाले कम्तिमा आफ्नो गुजारा चल्ने सम्मको वातावरण निर्माण गर्नु पर्ने बताइन् । उनले प्रदेश सरकारसँग पनि महिला स्वयसेविकाहरुलाई वर्षको ५ हजार प्रोत्साहन भत्ता दिनु पर्ने अडान राखेको जानकारी गराइन् । झापाका अन्य पालिकाकाहरुसँग पनि महिला स्व्यसेविका हरुको बारेमा एक रुपता ल्याउन छलफल गरिरेको उपप्रमुख कार्कीको भनाई थियो ।

महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन । उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन । सन १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।

यिनीहरूको भूमिका गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् ।

मङ्गलवार, पौष १७, २०८० | समाज, स्वास्थ्य

सम्बन्धित खबर