२०८१ पौष ४, बिहिवार , ०५:४६:४१ बजे

Sajhamanch
'

कर्ण गुरुङको शब्दमा ‘मानव’ सार्वजनिक 

सोमवार, पौष १६, २०८०

झापा । वरिष्ठ साहित्य स्रष्टा कर्ण गुरुङको शव्द रचना रहेको गीतको भिडियो ‘मानव’ सार्वजनिक भएको छ ।

गीतमा बलराम परियारको स्वर र सिडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जिबिएलओका वर्तमान अध्यक्ष गुरुङको बुद्धिको बिर्को कविता संग्रह (२०१४), कर्म कविता सङ्ग्रह (२०२२) र चेतनाको बाटो विचार सङ्ग्रह (२०२३) चर्चित साहित्यिक कृतिहरु प्रकाशित छन्।

हाल अमेरिका निवासी उनी मुलतः हेल्थ केयर, रियल स्टेट, होलेसेल, लोजिस्टिक, आइटी र सोसल मिडियाको व्यापार व्यावसायमा प्रगति गरि आफ्नो पहिचान बनाउन सफल उदाहरणीय व्यक्तित्वका पर्याय समेत हुन् ।

मानव जन्मदा शुद्ध मानव मात्रै जन्मेको हुन्छ । जन्मेपछि जात,धर्म ,कुलआदि कुरामा बिभाजित हुने सामाजिक यथार्थलाई गीतका शब्दहरुले चित्रण गरेका छन् ।

गीतमा बलरामको सुमधुर आवाज सुन्न सकिन्छ।गीत निकै मर्मस्पर्शी र सन्देशमुलक बनेको छ। भिडियो झन् अब्बल बनेको छ।यो गीतको म्युजिक भिडियो कर्ण गुरुङको अफिसियल युटुब च्यानलमा हेर्न सकिन्छ ।

प्रहिल कार्कीको निर्देशन रहेको गीतको भिडियोमा सुरवीर पण्डित, रश्मि भट्ट, दीपेन्द्रराज गिरी, बलराम परियारलगायत कलाकारको अभिनय छ । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा माधव बेलबासेको सम्पादन छ ।

सोमवार, पौष १६, २०८० | विविधा