२०८१ पौष ७, आइतवार , ०३:३४:४२ बजे

Sajhamanch
'

सात वर्षपछि स्टेजमा फर्किए धुर्मुस-सुन्तली, भन्छन्-अब निरन्तरता दिन्छौं

आइतवार, पौष १५, २०८०

काठमाडौं । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सातवर्षपछि कलाकारितामा फर्किएका छन् । शनिबार कास्कीको लेखनाथ महोत्सवमा उनीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिए ।दुबैजना धुर्मुस र सुन्तलीको क्यारेक्टर पोशाकमा प्रस्तुत भए । धुर्मुसले क्यारिकेचरमार्फत हँसाउन जमर्को गर्दा सुन्तलीले पछिल्लो समयको हिट गीत ‘अरेली काँडाले च्वास्सै’मा नृत्य प्रस्तुति दिइन् । उनीहरुलाई हेर्न सयौं दर्शक महोत्सवमा ओइरिएका थिए ।लामो ग्यापपछि कलाकारितामा फर्किएको र अब निरन्तर स्टेजमा देखिने धुर्मुसले बताए ।धुर्मुसले पछिल्लो पटक सातवर्षअघि अत्तरिया महोत्सवमा सहभागि थिए । त्यसपछि उनी बत्ती निर्माण, वीर अस्पतालमा रंगरोगन र रंगशाला बनाउने लगायतका काम सक्रिय रहे । २०६५ सालमा विवाह गरेपछि मंसिर १४ गते पहिलोपटक लेखनाथ महोत्सवमा प्रस्तुति दिएको स्मरण उनीहरुले गरे ।

संयोगवश, सातवर्षपछि उनीहरु लेखनाथ महोत्सवबाटै फर्किएका छन् । केही महिनाअघि कुरा गर्दै धुर्मुसले आफूहरु फिल्ममा फर्कने सोचबारे कुरा गरेका थिए । उनीहरुले पछिल्लोपटक कमेडी फिल्म ‘सेन्टीभाइरस’ निर्माण र अभिनय गरे ।

सम्बन्धित खबर