२०८१ माघ ६, आइतवार , ०३:४५:४४ बजे

Sajhamanch
'

विरेन्द्र माविका ५० विद्यार्थीलाई ओली प्रतिष्ठानद्वारा न्यानो कपडा वितरण

बिहिवार, पौष १२, २०८०

शिवसताक्षी । सामाजिक सेवामा अग्रणी भूमिकामा रहेको रुद्र गौरी अम्बिका ओली प्रतिष्ठानले विरेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । झापाको चन्द्रगढी स्थित विरेन्द्र माविका ५० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक अन्तर्गत स्विटर र जुत्ता वितरण गरेको हो ।

आज विद्यालयमा एक कार्यक्रम गर्दै कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई जुत्ता सहित न्यानो कपडा वितरण गरिएको रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले जनाएको छ ।

न्यानो कपडा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोख्रेल, उपप्रमुख राधा कार्की र ओली परिवारले लगायतले वितरण गरेका थिए ।

ओली परिवारले २०६७ सालमा आफ्ना पिताजीले सपना पुरा गर्न एक करोड जम्मा गरी प्रतिष्ठानको स्थापना गरेका थिए । सामाजिक सेवामा गर्ने उद्देश्यले स्थापित रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले आजसम्म आइपुग्दा भुकम्प, बाढी पहिरो डुवान र विपन्न परिवारहरुलाई सहयोग गर्दै आएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोख्रलले उपप्रमुख राधा कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यायलका प्रधानाध्यापक खिलराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, आली वंशका केन्द्रिय उपाध्यक्ष उमेश चन्द्र ओल, केन्द्रिय सदस्य अनिरुद्र ओली, जिल्ला अध्यक्ष भवानी ओली, लगायतको उपस्थिति रहेको थियो ।

बिहिवार, पौष १२, २०८० | विविधा, समाज

सम्बन्धित खबर