२०८१ पौष ८, सोमवार , ११:३७:२८ बजे

Sajhamanch
'

झापा क्षेत्र नं. ४ (क)मा अति विपन्न परिवारका लागि १० घर निर्माण हुँदै

शुक्रवार, पौष ६, २०८०

शिवसताक्षी । झापा क्षेत्र नं. ४ को प्रदेश (क)मा अति विपन्न १० परिवारका लागि घर बन्ने भएको छ ।

जनता आवाश कार्यक्रम अन्तर्गत प्रदेश सहकारी विकास कार्यालय मार्फत अति सिमान्तकिृत, दलित पिछडिएको र अति पिछडिएको मुस्लिम समुदायका लागि घर निर्माण हुने भएको हो ।

उक्त घर निर्माणका लागि आज शिवसताक्षी नगरपालिका वडा नं. ४ विपन्न परिवारका लागि घर निर्माण गर्न शिल्यान्यास गरिएको छ । झापा क्षेत्र नं. ४ (क)का सांसद राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले उक्त घरको शिल्यान्यास गरेका हुन् ।

शिवसताक्षी नगरपालिका वडा नं. ४ र गौरीगञ्ज गाउँपालिका वडा नं. २ मा गरी ५ ÷ ५ ओटा घर निर्माण गरिने प्रदेश सांसद राधाकृष्ण खनालले जानकारी दिए ।

उनका अनुसार घर बरान्डा सहितको दुईकोठाको निर्माण गरिने छ । वाहिरी वाल १० इच भएको एक घरका लागि ३ लाख ५० हजार बजेट विनियोजन भएको सांसद खनालले जानकारी दिए । मापदण्डा अनुसारको शौचालय निर्माण घरधनी आफैले गर्नु पर्ने बताइएको छ ।

शुक्रवार, पौष ६, २०८० | विविधा